Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : बागमती प्रदेशले दियो सुदूरपश्चिमलाई २४८ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २४८ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनायो।

बागमतीका ओपनर आशुतोष घिरैयाले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन बनाए ।

कप्तान रित गौतम ६१ बलमा ९ चौकासहित ४४, ईशान पाण्डे २, रविन जोशी २४, अशोक पौडेल ३१, विपिन आचार्य १२, सुर्य तामाङ ९ र प्रतिश जिसी १७ रनमा आउट भए । सोनु देवकोटा २० बलमा २ चौका र २ छक्कासहित २८ रनमा नट आउट रहे ।

सुदूरका शेर मल्लले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चेर ३ विकेट लिए । नारायण जोशीले ८ ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए ।

विकाश आग्रीले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । मिलन बोहराले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077