Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबविरुद्ध टस जितेर ब्याटिङ गर्दै कर्णाली

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाल पुलिस क्लब र कर्णाली प्रदेश खेल्दैछन् । यी दुई टोलीबीचको खेल बिहान सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा जारी छ ।

कर्णालीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । जारी प्रतियोगितामा अपराजित पुलिस क्लब ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । कर्णाली भने ६ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ ।

यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।

प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077