Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : कर्णालीले पुलिस क्लबलाई दियो १७२ रनको मध्यम लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १७२ रनको मध्यम लक्ष्य दिएको छ ।

उत्कृष्ट सुरुवात पाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याटरको कमजोर प्रदर्शनमा कर्णाली प्रदेश १७१ रनमा अल आउट भएको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली ४२.५ ओभरमा १७१ रनमा अल आउट भयो । कर्णलीका निश्चल रावलले १०७ बलमा ६ चौकासहित सर्वाधिक ५० रन बनाए ।

कप्तान रविन्द्रजंग शाहीले ३५ बलमा ८ चौका र १ छक्कासहित ४० रनमा आउट भए । पुलिसलाई ओपनर रविन्द्र र निश्चलले ११.३ ओभरमा ६३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

रविन्द्रलाई स्पिनर सागर ढकालले एलबीडब्लू आउट गरे । त्यसपछि पुलिसका स्पिनरले लगातार विकेट लिदै खेलमा फर्काएका थिए । विपिन शाही ४, हिशान्शु शाही ८, अनुज घर्ती २३, प्रकाश जैसी ५, दीपेन्द्र रावत र दीनेश अधिकारी ३–३ रनमा आउट भए ।

दिवान पुनले ५ बलमा ३ छक्कासहित २० रनमा आउट भए । पुलिसका सागर ढकालले ९.५ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । ललित भण्डारीले ५ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर २, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077