Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धोबीघाटबाट ईमेज सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बागलुङको ईमेज वचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्षलाई पक्राउ गरेको छ ।

सीआइबीले निसीखोला गाउँपालिका(३ स्थायी घर रहेकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो ।

सो सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपाली र कोषाध्यक्ष सुनारसमेत ८ जना फरार थिए ।

सीआइबीले कोषाध्यक्ष सुनारलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको सीआइबीले जनाएको छ ।

सो सहकारी हिनामिनामा सरिता तिमल्सेना (कँडेल) समेतले अध्यक्ष नेपालीसहित ८ जना विरुद्धको मुद्दामा बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते नै पक्राउ पुर्जी जारी गरेको थियो ।

मेयर नेपालीसहित सञ्चालक समितिका पदाधिकारीहरु बैशाखदेखि नै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077