Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राष्ट्रियसभामा निर्वाचित भएपछि कोइराला निवासमा सिटौला

विराटनगर। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता शेखर कोइराला निवासमा पुगेका छन् ।

सिटौला विराटनगरस्थित कोइराला निवास पुगेका हुन् । प्रतिनिधिसभामा दुई पटक पराजित सिटौला कोशीबाट राष्ट्रियसभामा उम्मेदवार बनेसँगै चर्चामा आएका थिए ।

गठबन्धनमा फ्लोर क्रस हुँदा पनि सिटौलाले एमाले-राप्रपाको गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका थिए।

सिटौलालाई राष्ट्रियसभाको सम्भावित अध्यक्षको रुपमा पनि हेरिएको छ ।

इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले पनि सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

तर, कोशीमै महिलातर्फ एमालेकी रुक्मिणी कोइरालाले जितेपछि गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077