Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेसको धर्म यो देशको हित गर्नुमात्रै हो : महामन्त्री थापा

    कांग्रेसको धर्म यो देशको हित गर्नुमात्रै हो : महामन्त्री थापा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 402
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको हित गर्नुमात्रै कांग्रेसको धर्म भएको बताएका छन् ।

    पार्टी स्थापना दिवसको अवसरमा सानेपामा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले भने,‘हामी २०८४ को निर्वाचनको बारेमा कुरा गर्छौं । चुनाव लड्नु, जित्नु र हार्नु कांग्रेसको लागि सामान्य कुरा हो । कांग्रेसको धर्म यो देशको हित गर्नु हो । भुईंमा बसेका मान्छेलाई माथि उठाउनु हो । यो धर्म निर्वाह गर्दा सरकारमा बसौंला, चकटीमा बसौंला, जहाँ बसौंला ।’



    महामन्त्री थापाले पार्टीका लागि आगामी निर्वाचन र सरकार ठूलो नभएको बताए।

    महामन्त्री थापाले भोलिदेखि पार्टीको अभियान सुरु हुने भएकाले पार्टी सभापतिदेखि सबै नेता कार्यकर्ता आआफ्नो वडामा पुग्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार