Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डिएसपीलाई सरुवा गराइदिने धम्की दिने दोहोरी सञ्चालक अशोक गिरी पक्राउ

काठमाडौं । ग्राहकलाई ठगी गर्ने र अनुसन्धान गरे डिएसपीकै सरुवा गरिदिने धम्की दिने एक दोहोरी सञ्चालक प्रहरी हिरासतमा पुगेका छन् ।

जमलमा दरबार रोधीघर चलाउँदै आएका सिन्धुपाल्चोकका अशोक गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । गिरीले केही दिनअघि ६ हजारको बिललाई ६० हजार बनाएर ठगी गरेका थिए ।

सोही विषयमा उजुरी परेपछि दरबारमार्ग वृत्तले छानबिन थालेको थियो । उनले आफूमाथि कारबाही गरे सरुवा गरिदिने भन्दै दरबारमार्ग वृत्तका डिएसपी गोविन्द थापालाई फोन गरेर धम्की दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जमलको मायालु सेन्टरमा दोहोरी चलाउँदै आएका गिरी गुन्डागर्दीमा समेत संलग्न रहेको भनेर उजुरी आएको छ । दोहोरीको टेबुलमा ग्राहकसँग युवती बसाउने र ठग्ने गरेको उजुरी विगतमा पनि पर्दै आएका थिए ।

तर, प्रहरीसँग समेत विगतका वर्षमा उनले सेटिङ मिलाउँदै आएका थिए । केही प्रहरी अधिकारीसँग समेत उनको दोस्ती रहेको स्रोत बताउँछ ।

हालका स्वास्थ्य मन्त्री मोहन बस्नेतसँग समेत उनको निकटता छ । आफूलाई मुद्दा नचलाई छाड्न उनले प्रहरीलाई विभिन्न निकायबाट दबाब दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077