काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा एपीएफले गण्डकीलाई २०८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले लोकेश बमको अर्धसतक मद्दतमा ४७.२ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको हो ।
लोकेशले ६७ बलमा ५ चौका र २ छक्का मद्दतमा ५० रन बनाएर आउट भए । भुवन कार्कीले ४५, प्रदीप ऐरीले ३९ र पुरण बिकले ३० रनको योगदान गरे ।
अरु ब्याटर खासै चलेनन् । गण्डकीका कमल परियारले ३, विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले दुईरदुई विकेट लिए ।
जारी प्रतियोगितामा ६ खेलमा तीन खेलमा जित र तीनमा हार व्यहोरेको एपीएफ ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने ६ खेल नै खेलेको गण्डकी ४ अंकसहित आठौं स्थानमा छ ।