Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : बागमती प्रदेश ६ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको छ ।

लुम्बिनी प्रदेशले दिएको १०७ रनको सामान्य लक्ष्य बागमतीले १७.२ ओभरमा चार विकेट गुमाएर पूरा पूरा गरेको हो ।

बागमतीका लागि इशान पाण्डेले ५० रन, कप्तान रित गौतमले २४, आशुतोश घिरैयाले १४, रविन जोशीले ७ र रन बनाए भने १२ रन अतिरिक्त पायो ।

लुम्बिनीका निर्मल गुरुङले २, कृष्ण कार्की र अभिषेक गौतमले एकरएक विकेट लिए । यसअघि कीर्तिपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्रै बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४, विराट भण्डारीले १३, रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका सूर्य तामाङ एक्लैले ६ विकेट लिए भने विपिन आचार्यले २ तथा प्रतिज जिसी र क्रिजन गुरुङले एकरएक विकेट लिए ।

यो जितसँगै बागमतीले सबै ९ खेल खेलेर बागमतीले १२ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल प्रहरी क्लबको पनि १२ अंक छ । तर, रनरेटका आधारमा पहिलो स्थानमै कायम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077