Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो, न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ ।

आज बिहान ८ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको हो । काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि बिस्तारै घट्ने क्रममा छ ।

यसै क्रममा आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने देखिएको बताइएको छ ।

हिजो शनिबार यहाँको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस, नेपालगन्जको ८.४ डिग्री सेल्सियस र पोखराको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077