Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नवौं पटक बिहारको मुख्यमन्त्री बने नीतिश कुमार

    नवौं पटक बिहारको मुख्यमन्त्री बने नीतिश कुमार

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 576
    SHARES

    एजेन्सी । । भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् ।

    यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी भारतीय जनना पार्टी बिजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।



    उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बिजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टीका नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए ।



    आज आइतबार राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुन मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    उनी बिहारको मुख्यमन्त्री बनेको यो नवौं पटक हो । नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिलेका थिए ।

    तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बिजेपीसँग मिलेको हो ।

    राजनीतिमा करिब पाँच दशक वितासकेका नीतिश कुमारले आफ्नो सहुलियतका लागि दल र गठबन्धन फेर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार