Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गायिका रचना रिमाल चढेको स्कारपियो दुर्घटना

काठमाडौं । गायिका रचना रिमाल सवार स्कारपियो दुर्घटनामा परेको छ ।

आइतबार बेलुका उनी चढेको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ०३-०१ ख २११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो ।

उनी नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन् । दुर्घटनामा गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ ।

गायिका रिमालले पनि दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएकी छन् ।

उनले लेखेकी छिन् 'आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामि सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ। साथै आज लमहि महोत्सवमा हुने भनिएको मेरो साङ्गितिक प्रस्तुति भोलि रहने सबैमा जानकारि गराउँदछु। आज उपस्थित हुननसकेकोमा क्षमा चाहन्छु।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077