Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दरबार रोधीघरका सञ्चालक गिरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । ग्राहकलाई ठगी गर्ने र अनुसन्धान गरे डिएसपीकै सरुवा गरिदिने धम्की दिने दरबार रोधीघरका सञ्चालक अशोक गिरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जमलमा रोधीघर चलाउँदै आएका सिन्धुपाल्चोकका गिरीलाई प्रहरीले शुक्रवार पक्राउ गरेर आइतबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएकोमा प्रशासनले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अभद्र व्यवहार गरेको कसुरमा उनलाई ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गिरीले केही दिनअघि ६ हजारको बिललाई ६० हजार बनाएर ठगी गरेका थिए ।

सोही विषयमा उजुरी परेपछि दरबारमार्ग वृत्तले छानबिन थालेको थियो । उनले आफूमाथि कारबाही गरे सरुवा गरिदिने भन्दै दरबारमार्ग वृत्तका डिएसपी गोविन्द थापालाई फोन गरेर धम्की दिएका थिए ।

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जमलको मायालु सेन्टरमा दोहोरी चलाउँदै आएका गिरी गुन्डागर्दीमा समेत संलग्न रहेको भनेर उजुरी आएको छ । दोहोरीको टेबुलमा ग्राहकसँग युवती बसाउने र ठग्ने गरेको उजुरी विगतमा पनि पर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077