Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दरबार रोधीघरका सञ्चालक गिरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    दरबार रोधीघरका सञ्चालक गिरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 2.1K
    SHARES

    काठमाडौँ । ग्राहकलाई ठगी गर्ने र अनुसन्धान गरे डिएसपीकै सरुवा गरिदिने धम्की दिने दरबार रोधीघरका सञ्चालक अशोक गिरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    जमलमा रोधीघर चलाउँदै आएका सिन्धुपाल्चोकका गिरीलाई प्रहरीले शुक्रवार पक्राउ गरेर आइतबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएकोमा प्रशासनले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।



    अभद्र व्यवहार गरेको कसुरमा उनलाई ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गिरीले केही दिनअघि ६ हजारको बिललाई ६० हजार बनाएर ठगी गरेका थिए ।



    सोही विषयमा उजुरी परेपछि दरबारमार्ग वृत्तले छानबिन थालेको थियो । उनले आफूमाथि कारबाही गरे सरुवा गरिदिने भन्दै दरबारमार्ग वृत्तका डिएसपी गोविन्द थापालाई फोन गरेर धम्की दिएका थिए ।

    त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जमलको मायालु सेन्टरमा दोहोरी चलाउँदै आएका गिरी गुन्डागर्दीमा समेत संलग्न रहेको भनेर उजुरी आएको छ । दोहोरीको टेबुलमा ग्राहकसँग युवती बसाउने र ठग्ने गरेको उजुरी विगतमा पनि पर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार