Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ज्ञानेन्द्र प्राकृतिक राजा थिएनन्, दाजुको परिवार सखाप पारेपछि राजा घोषित भए : विष्णु रिजाल

काठमाडौं । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भाइ पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आरोप लगाएका छन् ।

सोमबार बिहानै उनले धेरै ‘चुरिफुरी’ नगर्न ज्ञानेन्द्रलाई चेतावनी दिँदै सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । उनले ज्ञानेन्द्र प्राकृतिक राजा नभएको बताउँदै दाजुको परिवार सखाप पारेपछि राजा घोषित भएको टिप्पणी गरे ।

उनी लेख्छन्, ‘ज्ञानेन्द्र प्राकृतिक राजा थिएनन्, दाजुको परिवार सखाप पारेपछि राजा घोषित भएका थिए। जति चुरीफुरी गर्छन्, त्यति दरबार हत्याकाण्ड उत्खनन हुन्छ। व्यापारी हुन्, अरूमा ध्यान नदिएकै राम्रो।’

राजतन्त्र पुनःस्थापनाको सपना देख्नु वीरेन्द्र आर्यघाटबाट फर्किनुजत्तिकै असम्भव भएको दाबी पनि एमाले नेता रिजालले गरेका छन् ।

उनले लेखेका छन्, ‘राजतन्त्र पुनर्स्थापना हुन्छ भन्नु आर्यघाटबाट वीरेन्द्र फर्केर आउँछन् भन्नुजस्तै हो । यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा शाहविरुद्ध सार्वजनिक कार्यक्रममा समेत अभिव्यक्ति दिएका छन् ।

२०५८ जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077