Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान गर्नुपर्छ : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणमा सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान सोझ्याउनुपर्ने बताएका छन्।

सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी नभएको भन्दै प्रमुख सचेतक गिरीले यस्तो बताएका हुन् । प्रमुख सचेतक गिरीले जाँचबुझ आयोगको समयावधि थपेर मात्रै सुन काण्डको अनुसन्धानले परिणाम ल्याउन नसक्ने बताए ।

सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले दलका प्रतिनिधिहरुलाई प्रमुख सचेतक गिरीले भने, ‘यो काण्डमा जोडिएका सत्ता पक्षका नेताहरुमाथि पनि अनुसन्धान हुनुपर्छ ।’

सरकारले सुन तस्करी प्रकरणको जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य छन् ।

आयोगलाई विद्युतीय चुरोट (भेप) र ब्रेक शुमा लुकाएर गरिएको सुन तस्करी लगायतका विषयमा अनुसन्धान गर्ने जिम्मेवारी छ ।

साथै तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र संलग्न व्यक्तिहरुबारे थप अनुसन्धान गर्नुपर्ने देखिएमा अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077