Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कपमा गण्डकी प्रदेशले पुलिसलाई दियो १७१ रनको लक्ष्य

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १७१ रनको मध्यम लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले अमृत गुरुङको अर्धशतकमा १७० रनमा बनाउन सक्यो ।

गण्डकीका अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

कमल परियारले २६ बलमा ३ चौका र २ छक्कासहित ३०, समिर कँडेल २९ र करन पँगेनीले ३० रन बनाए ।

पुलिसका तीव्र गतिका बलर राशिद खानले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए ।

ललित राजवंशी र करण केसीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077