Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चोरीमा संलग्नलाई कारबाहीका लागि कडा कानुन आवश्यक छ : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा कानुन आवश्यक देखिएको बताएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पहिलोपटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले विभिन्न अपराधमध्ये चोरी नियन्त्रण गर्न निक्कै चुनौतीपूर्ण रहेको बताए । उनले दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने गरेको उल्लेख गरे ।

डीआईजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा कानुन आवश्यक देखिएको उल्लेख गरे। ‘समाजमा बढ्दो चोरी नियन्त्रण र त्यसमा संलग्नलाई कारबाही गर्न मजवुत कानुन आवश्यक छ। कानुन सहज भयो भने चोरी रोक्न सकिँदैन,’ उनले भने, ‘कुनै व्यक्ति परिस्थितिले चोर हुँदैन। जन्मजात चोर हुन्छ।’

कुनै अपराध परिस्थितिजन्य हुने भएपनि चोरी चैं वास्तविक अपराध रहेको उनले बताए । कडा कानुन बनाएर कारबाही गर्न सकेमा चोरी नियन्त्रण गर्न सकिने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077