Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • तस्करीको लाइन खोल्दा सिराहाका सिडिओ र एसपी हटाइए

    तस्करीको लाइन खोल्दा सिराहाका सिडिओ र एसपी हटाइए

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 11.8K
    SHARES

    काठमाडौं । कार्यसम्पादनमा कमजोर देखिएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई हटाएको छ ।

    सिडिओ राजेन्द्रदेव पाण्डे र टेकुनन्द लिम्बुलाई गृहले सोमबार हटाएको हो । नयाँ सिडिओ र एसपी खटाइएको छैन ।



    कार्यसम्पादनमा कमजोर देखिएकाले दुवैलाई हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।



    एसपी लिम्बुलाई ६ महिनाअघि नै गृह मन्त्रालयले हटाउन खोजेकोमा एआइजी टेकप्रसाद राईले रोक्दै आएका थिए ।

    दुवैले तस्करीको लाइन खोलेकोदेखि मिटरब्याजीलाई जोगाएको उजुरी गृह मन्त्रालयमा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार