Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आजदेखि सरकारी कार्यालय बेलुका ५ बजेसम्म खुल्ने

काठमाडौं । आज देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ पाँच बजेसम्म खुल्ने भएका छन् ।

यसअघि गएको कात्तिक १६ गतेदेखि बिहान १० बजेदेखि सरकारी कार्यालय बेलुका ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो ।

हिउँदमा दिन छोटो हुने भएकाले यस अवधिमा कार्यालय समय एक घण्टा घटाइएको हो । यो व्यवस्था नेपाल राजपत्रमै उल्लेख छ ।

यस्तै, शुक्रवारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने गृह मन्त्रालयले जनाएको छ ।

सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077