Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सबै प्रदेशमा छुट्टा–छुट्टै प्रहरीको संगठन बन्नुपर्छ : विमलेन्द्र निधि

भैरहवा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानअनुसार सबै प्रदेशमा छुट्टा–छुट्टै प्रहरीको संगठन बन्नु पर्ने बताएका छन् ।

‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत कांग्रेस जिल्ला, रुपन्देहीले मंगलवार भैरहवामा आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् ।

उनले सातवटा प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको हातमा प्रहरी छैन भने के को रुपान्तरण भन्दै प्रश्नसमेत गरे ।

‘संविधानमै लेखिएको कुरा लागू वा कार्यान्वयन गर्ने पहिलो काम सरकारको हो । सबै प्रदेश सरकारका आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा म गृहमन्त्री हुँदा पनि भनेको हुँ,’ उनले भने ।

संघीय प्रणालीका लागि प्रदेश भए पनि प्रदेशको आफ्नै प्रहरी र कर्मचारी नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077