Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुगु र हुम्लाको उच्च लेकाली क्षेत्रमा हल्का हिमपात

मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला र मुगुमा हल्का हिमपात भएको छ ।

गए राति २ बजेदेखि मुगु र हुम्लाको उच्च लेकाली बस्तीतिर हल्का हिमपात र बेसीमा वर्षा भएको हो ।

मुगुको पर्यटकीय गन्त्ब्य रारामा आधा इन्च हिउँ जमेको छ । मुर्मा, मुन्दु, माथितुम, चंखेली, बाम, सोभा, घुच्चीलेक क्षेत्रमा पनि हल्का हिमपात भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु , डोल्फू, किम्री, क्षेत्रमा पनि गए रातिदेखि हल्का हिमपात भएको छ ।

त्यस्तै हुम्लाको सिमकोट बजार क्षेत्रमा पनि हिमपात भएको छ । सिमकोट बजार क्षेत्रमा आधा इन्चसम्म हिउँ जमेपछि बजार क्षेत्र सेताम्य छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077