Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र सुदूरपश्चिम तथा आर्मी र गण्डकी भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज समूह चरणका अन्तिम दुई खेल हुने भएका छन् ।

मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुने खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।

यही समयमा त्रिवि खेल मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

जारी प्रतियोगितामा पुलिस आठ खेलबाट १६ अंक जोड्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

आठ खेलबाट ८ अंक जोडेर छैटौँ स्थानमा रहेको सुदूरपश्चिम भने फाइनल प्रवेशको सम्भावनाबाट बाहिरिइसकेको छ।

यस्तै आठ खेलबाट १२ अंक जोडेको आर्मी आजको खेलमा गण्डकी प्रदेशलाई हराउँदै १४ अंकसहित फाइनल प्रवेश गर्ने लक्ष्यमा छ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077