Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अरुणपछि बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष थापा पनि पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण चौधरीपछि सीआईबीले थापालाई पनि पक्राउ गरेको हो ।

सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी चौधरीलाई पनि पक्राउ गरेको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ।

सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077