Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँसबारी जग्गा प्रकरण : पक्राउ पर्नेको संख्या तीन पुग्यो

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।

सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो ।

उनलाई सिआइबीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। त्यसअघि सिआइबीको टोलीले व्यवसायी अरूण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो।

थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।

उनीहरूलाई प्रहरीले ठगी र किर्ते कसुरमा म्याद थप गर्न सरकारी वकिलको कार्यालय काठमाडौंबाट जिल्ला अदालत लग्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077