Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सरकारका ४३ शाखा अधिकृत उपसचिव बढुवामा सिफारिस

    सरकारका ४३ शाखा अधिकृत उपसचिव बढुवामा सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 810
    SHARES

    काठमाडौँ । सरकारका ४३ अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

    ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बिहीवार सिंहदरवारमा बसेको बैठकले ती अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।



    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) लाई राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) मा बढुवाका लागि सिफारिस गरेको जनाएको छ ।



    बढुवा सिफारिस गरिएकाहरूमा सामान्य प्रशासन समूहका ३४ र लेखा समूहका ९ जना गरी ४३ जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार