Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कर्मचारी सरुवामा मन्त्रीको अस्वाभाविक रुचि

    कर्मचारी सरुवामा मन्त्रीको अस्वाभाविक रुचि

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 552
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलगायत उनको सचिवालय समूहको कर्मचारी सरुवामा अस्वाभाविक रुचि देखिएको छ ।

    मन्त्रीको सो अस्वाभाविक रुचिमा अन्य कर्मचारीहरूले पनि सघाइरहनुलाई रहस्यमय रुपमा हेरिएको छ । मन्त्री मोदीले केही समयअघि मात्रै मन्त्रालयकै सहसचिव बलराम रिजालको संयोजकत्वमा कर्मचारी सरुवासम्बन्धी कार्यदल बनाएका थिए ।



    कार्यदलले केही सुझावसहितको प्रतिवेदन पनि दिएको थियो । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले अहिले धमाधम कर्मचारीको सरुवा गरिरहेको छ । जबकि, कर्मचारी प्रशासन हाँक्ने निजामती सेवा ऐन र नियमवालीले कर्मचारीको सरुवा तथा काजसम्बन्धी प्रष्ट व्यवस्था गरेको छ ।



    मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रीलगायतका उच्च पदस्थहरूले निजामती सेवा ऐन र नियमावलीका भएका प्रावधानालाई बेवास्ता गर्दै आफैं नियम बनाएर आफूअनुकूलका सरुवा गरिरहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार