Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सामान्य प्रशासनमन्त्री मोदी र सचिवबीच टकराब

    सामान्य प्रशासनमन्त्री मोदी र सचिवबीच टकराब

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 540
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच टकराब सिर्जना भएको छ । मन्त्री मोदीले केही दिनअघि मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायतका सचिवसँग मिटिङमा रहेका बेला मन्त्रालयका सचिव कृष्णहरि पुष्कर मन्त्रालयमा अनुपस्थित रहेको भन्दै सचिवको हाजिरमाथि रातो घेरा लगाइदिएपछि मन्त्री र सचिवबीच टकराब सिर्जना भएको हो ।

    मन्त्री मोदीले आफ्ना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवसँग मिटिङमा रहेको थाहा पाउँदापाउँदै मन्त्रालयमा आकस्मिक रूपमा सचिवलगायत सहसचिवको कोठाको छड्के जाँच गरेका थिए ।



    आफ्ना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवसँग रहेको थाहा हुँदाहुँदै मन्त्री मोदीले योजनाबद्ध किसिमले सचिवको कोठामा छड्केजाँच गरेपछि मन्त्रालयका अन्य सहसचिवलगायतका उच्च कर्मचारीहरू आश्चर्यमा परेका थिए ।



    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार पछिल्ला केही दिनयता कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्री मोदी र र सचिव पुष्करबीच सामान्य खटपट हुँदै आएको थियो ।

    मन्त्रालय स्रोतका अनुसार मन्त्री मोदीले दिनहुँजसो कुनै न कुनै कर्मचारीको सरुवा गर्न निर्देशन दिने गरेको तर सचिव पुष्करले आर्थिक वर्षको अन्तिममा कर्मचारीको सरुवा गर्न नहुने अडान लिँदै आएपछि मन्त्री मोदी सचिव पुष्करसँग असन्तुष्ट रहँदै आएका थिए ।

    मन्त्रीले सरुवा गर्न दिएको निर्देशनलाई सचिवले अस्वीकार गरेपछि मन्त्री मोदीले त्यसको रिस सचिवमाथि फेरेको स्रोतको दाबी छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार