Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संघीय निजामती सेवा ऐन लेखिसक्यौँ, अर्थ र कानुनबाट सहमति आउन बाँकी छ : मन्त्री मोदी

    संघीय निजामती सेवा ऐन लेखिसक्यौँ, अर्थ र कानुनबाट सहमति आउन बाँकी छ : मन्त्री मोदी

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताएका छन् ।

    बिहीवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री मोदीले यस्तो बताएका हुन् ।



    उनले मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको बताए ।



    ऐनलाई अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइएको र ती मन्त्रालयबाट सहमति आउन बाँकी रहेको उनको भनाई छ ।

    यस्तै मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार