Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मन्त्री मोदी भन्छन् – मैले खराब काम गरेको छैन, प्रधानमन्त्रीले फिर्ता नबोलाउनेमा विश्वास छ

    मन्त्री मोदी भन्छन् – मैले खराब काम गरेको छैन, प्रधानमन्त्रीले फिर्ता नबोलाउनेमा विश्वास छ

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 963
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफूलाई मन्त्रीबाट फिर्ता बोलाउनेबारे कुनै जानकारी नभएको बताएका छन् ।

    मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री मोदीले सञ्चार माध्यममा आएजस्तो आफूलाई फिर्ता बोलाउनेबारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।



    उनले कुनबेला कसको पद जाने भन्ने टुंगो नभएको बताउँदै आफूलाई मन्त्रीबाट फिर्ता बोलाउनेबारे कुनै जानकारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालबाट नभएको उनले बताए ।



    पार्टीबाट मन्त्रिपरिषद्‌मा थारू समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा विश्वास रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार