Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेटको उपाधिको लागि पुलिस र आर्मी खेल्दै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।

बिहान सवा ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्न लागेका हुन् ।

पुलिस अपराजित रहँदै फाइनलमा पुगेको टिम हो । पुलिसले लिगका सबै नौ खेल जितेको छ । आर्मी नौ खेलमध्ये सातमा जित र दुईमा हार व्यहोर्दै फाइनलमा आइपुगेको टिम हो ।

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले १० हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077