Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘प्रचण्ड’ सरकारबाट तत्काल मन्त्री फिर्ता नबोलाउने जनमतको निर्णय

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले संघीय सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ ।

जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा आइतवार बसेको सचिवालय बैठकले ​तत्काल संघीय सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।

मधेश प्रदेशमा सरकारबाट बाहिरिएपछि संघीय सरकारबाट पनि मन्त्री फिर्ता बोलाउने भन्ने विषयमा आशंका उत्पन्न रहेको बेला अहिले मन्त्री फिर्ता नबोलाउने निर्णय भएको हो ।

जनमतबाट अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् । जनमतले जनताको कामलाई सशक्त रुपमा उठाउने भएको छ ।

बैठकमा अध्यक्ष सीके राउतले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । पार्टीले आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राजधानीमा वृहत् आमसभा गर्ने पनि निर्णय गरेको बताइएको छ । यसअघि मधेश सरकारबाट जनमत बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077