Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले धादिङ अधिवेशनको बन्दसत्र अनिश्चित

काठमाडौं । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित भएको छ ।

आन्तरिक विवाद नसुल्झिएपछि आज बिहानदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन ।

बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आज बिहान सूचना जारी गर्दै निर्धारित मिति र समयअनुसार बन्दसत्र सुरु हुन नसकेको बताएका छन् ।

उनले केन्द्रीय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ अर्को सूचना जारी गरेर जानकारी गराउने बताए।नेकपा  एमालेको धादिङ जिल्ला अधिवेशन यही माघ १९ गते उदघाटन भएको थियो ।

तर बन्द सत्र सुरु हुनु अघि पार्टी अध्यक्ष केपी शर्मा ओली निकट दुई पक्षबीच नेतृत्वको विषयमा विवाद भएपछि अधिवेशन स्थलमा झडप भएको थियो ।

झडपमा परी एकजना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।

एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार विज्ञप्ति जारी गरी अधिवेशन स्थगित भएको भनेका थिए ।

लगत्तै धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन स्थगित नभएको बताएका थिए ।

दुई पक्षबीच विवाद बढेपछि नेताहरु अध्यक्ष ओलीसँग छलफल गर्न काठमाडौंमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077