Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपालका राजनीतिक दलहरू गुटमा परिणत भइसके : घनश्याम भूसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेताहरू सफल भए पनि देश असफल भएको बताएका छन् ।

काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै महासचिव भूसालले यस्तो बताएका हुन् ।

महासचिव भूसालले राजनीतिक दलहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भए पनि देश भने असफल भइरहेको बताए।

महासचिव भूसालले हरेक राजनीतिक दलहरूको दस्ताबेजहरूले आफूलाई सफल भएको दाबी गर्ने गरेको भन्दै दल सफल हुँदा देश असफल हुनुको कारण खोज्नुपर्ने बताए ।

नेता र पार्टी सफल हुँदा देश असफल कसरी भइरहेको हो भन्दै उनले प्रश्न गरे । महासचिव भूसालले नेपालका राजनीतिक दलहरू गुटमा परिणत भइसकेको पनि बताए ।

महासचिव भूसालले संघीय लोकतान्त्रिक गणतन्त्र समस्या नभई गणतन्त्रको अभ्यासमा र पात्रहरूमा समस्या भएको बताए ।

महासचिव भूसालले देशमा गणतन्त्र आइसक्दा पनि पार्टीहरुले दशकौँ अघिको सिद्धान्त बोकेर हिँडिरहेका भन्दै त्यसले नै गणतन्त्र कार्यान्वयनमा समस्या आइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077