Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

    संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 408
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन् ।



    महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए ।



    राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् । सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि महासचिवका लागि भएको सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।

    तर, तत्कालनि महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट राजिनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी पौडेलले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन् ।

    यसबीचमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नियुक्ति सिफारिस कार्यान्वयन नभएको भनी स्मरण पत्र लेखेका थिए ।

    माघ ३ गते गएको स्मरण पत्र र प्रतिनिधि सभाको सचिवबाट पाण्डेयले राजीनामा समेतलाई आधार मानेर सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार