Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 333
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।

    बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।



    बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने विषय पनि संसद् क्यालेन्डरमा उल्लेख छ ।



    आजको बैठकमा कांग्रेस नेता तथा पूर्व सांसद केशव कुमार बुढाथोकीको निधन भएकोले शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार