Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशको अहिलेको आवश्यकता राजनीतिक कोर्ष परिवर्तन हो : झलनाथ खनाल

कास्की । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले देशको अहिलेको आवश्यकता राजनीतिक कोर्ष परिवर्तन रहेको बताएका छन् ।

शनिबार बिहान पोखरामा समाजवादी प्रेस संगठन, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान गठबन्धन सरकार खास मौसमको उपज भएको टिप्पणी गरे । उनले अहिलेको मौसम बदलिएपछि गठबन्धन पनि बदलिने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अहिले राजावादीको चुरिफुरी सत्ताको कमजोरीको कारण भएको टिप्पणी गरे । जनतामा जुन जोगी आएपनि कानै चिरेको भन्ने लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077