Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • देशको अहिलेको आवश्यकता राजनीतिक कोर्ष परिवर्तन हो : झलनाथ खनाल

    देशको अहिलेको आवश्यकता राजनीतिक कोर्ष परिवर्तन हो : झलनाथ खनाल

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 414
    SHARES

    कास्की । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले देशको अहिलेको आवश्यकता राजनीतिक कोर्ष परिवर्तन रहेको बताएका छन् ।

    शनिबार बिहान पोखरामा समाजवादी प्रेस संगठन, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् ।



    उनले वर्तमान गठबन्धन सरकार खास मौसमको उपज भएको टिप्पणी गरे । उनले अहिलेको मौसम बदलिएपछि गठबन्धन पनि बदलिने बताए ।



    पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अहिले राजावादीको चुरिफुरी सत्ताको कमजोरीको कारण भएको टिप्पणी गरे । जनतामा जुन जोगी आएपनि कानै चिरेको भन्ने लागेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार