Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सडक डिभिजन कार्यालयमा आगलागी : पोर्चुगल जान लागेका युवाको डकुमेन्टसहित पैसा पनि जल्यो

काठमाडौं । बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको हो ।

कार्यालयमा रहेको निवासमा आगलागी हुँदा पैसा पनि जलेको छ। प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीका अनुसार एक सय, पाँच सय र हजार रुपैयाँका नोट जलेको अवस्थामा फेला परेको हो।

कति रकम जल्यो यकिन भइसकेको प्रहरीले जनाएको छ । उनकाअनुसार सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सि.डि.ई. नारायणदत्त भण्डारीको निवासमा आगलागी भएको हो। भण्डारीको निवासमा अर्कै एक जना युवक बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पोर्चुगलमा जान लागेका ति युवा युवकका कागजातहरू पनि जल्यो भन्ने अपुष्ट खबर आएको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि खाना पकाउने ग्यास सिलिण्डर पनि पड्किएको थियो। आगलागीबाट निवासमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077