Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अर्थतन्त्र लयमा फर्किसक्यो, विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा छ : अर्थमन्त्री महत

झापा । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको दाबी गरेका छन् ।

झापाको दमकमा आइतबार दमक उद्योग वाणिज्य सङ्घले लगाएको पाँचौँ दमक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताए । उनले आर्थिक अवस्था धेरै शिथिल रहेको अवस्थालाई चलायमान बनाउन चुनौती रहेको अवस्थामा आफूहरूले काम गरेको उल्लेख गरे ।

अर्थतन्त्रका धेरै समस्याहरू समाधान भएका छन् तर सबै समस्या हल नभएका हुनसक्ने उनको भनाई छ । उनले बाहिरबाट प्रशस्त मात्रामा पुँजी नेपालको अर्थतन्त्रमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077