Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कुनै पनि शाखा कार्यालय बन्द गर्ने योजना छैन : एनआईसी एशिया

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना कुनै पनि शाखा कार्यालय बन्द गर्न नलागिएको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा एनआईसीले ५० वटा शाखा कार्यालय बन्द गर्न लागेको दाबीसहितका समाचार सार्वजनिक भएपछि बैंकका कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले सो स्पष्टीकरण दिएका हुन् ।

'आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंकसमक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको तथ्य यसै प्रेस विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौँ,' न्यौपानेले भनेका छन् ।

बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

'यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै सो बाट भ्रमित नहुनुहुन सम्पूर्ण सरोकारवाला महानुभावहरूमा बैंक परिवार हार्दिक अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको एनआईसीले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ सञ्जालमार्फत ४१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077