Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रणनीतिक विन्दुमा रहेको नेपालले होसियारीपूर्वक कदम चाल्नुपर्छ : झलनाथ खनाल

    रणनीतिक विन्दुमा रहेको नेपालले होसियारीपूर्वक कदम चाल्नुपर्छ : झलनाथ खनाल

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 468
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको बताएका छन् ।

    पार्टी विदेश विभागको मंगलबार भएको बैठकमा उनले छिमेकी भारत, चीन तथा पश्चिम एसिया मामिलामा नेपालले असन्तुलित नीति अपनाइरहेको आरोप लगाए । पार्टी विदेश विभाग प्रमुख खनालले नेपाल भूराजनीतिक संवेदनशीलता र रणनीतिक विन्दुमा रहेकाले होसियारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिए ।



    अर्को एक प्रसङ्गमा पूर्वप्रधानमन्त्रीले समाजवादी मार्ग अनुसरण गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने र ‘समाजवादी लोकतन्त्र’ का माध्यमबाट मुलुकलाई समृद्ध बनाउनुपर्ने विचार व्यक्त गरे ।



    त्यस अवसरमा पार्टी उपाध्यक्ष प्रमेश हमालले चीन जस्ता समाजवादी देशले गरेको विकासबाट नेपालले पनि सिक्नुपर्ने बताए । पार्टी उपमहासचिव विजय पौडेलले सरकारले भारतसँग गरिएको जलस्रोतसम्बन्धी सम्झौताका कागजात उपलब्ध गराउनुपर्ने र त्यसलाई प्रतिनिधिसभाको दुई तिहाइले पारित गर्नुपर्ने विचार व्यक्त गरे ।

    विभागका सचिव शङ्कर खतिवडाले विश्वमा बढिरहेको युद्ध र अशान्तिको प्रवृत्तिबारे छलफल गर्न आवश्यक भएको बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार