Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण, सरकारका विशिष्ट व्यक्तिहरुको पनि सहभागिता

    राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण, सरकारका विशिष्ट व्यक्तिहरुको पनि सहभागिता

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 372
    SHARES

    काठमाडौ‌ं । वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन्। राष्ट्रपति पौडेलले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गरेका हुन्। यस दिन हनुमानढोकाको नवसाल चोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने प्रचलन रहिआएको छ।

    कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।



    त्यस अवसरमा राष्ट्रपति पौडेलसहित सरकारका विशिष्ट व्यक्तिहरुले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरे । वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ।



    बुधबार शुभ साइतमा राष्ट्रपति पौडेलले वसन्त श्रवण गरेका हुन् । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

    परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो ।

    श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ ।

    वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार