काठमाडौं । जिल्ला अदालत काठमाडौंका शाखा अधिकृत पक्राउ परेका छन्। उनी बलात्कार आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी परेपछि शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको पनि जनाएको छ ।
उनीमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । पक्राउ परेका गजमेरले उजुरीको विषयमा इन्कारी बयान दिएको बुझिएको छ।
उनीविरुद्ध गत माघ २९ गते जाहेरी दर्ता भएको थियो । ललितपुरकै एक स्थानीय युवतीले गत माघ १८ गते जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी हु्न् ।
गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत थिए । जाहेरी दिने युवती उच्च अदालतमा करारमा कार्यरत कर्मचारी भएको बुझिएको छ ।