Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय 'टिम ए' टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ए टिम घोषणा गरेको छ ।

नेपाली क्रिकेटको इतिहासको ए टिम घोषणा गरिएको यो पहिलो पटक हो । टिममा अधिकांस युवा खेलाडीले स्थान बनाएका छन् ।

त्यही टोलीबाट क्यानडासँगको सिरिजका लागि १६ खेलाडीलाई छनोट गरिएको हो । ए टिमको प्रशिक्षक पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन्।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले ए टिममा स्थान बनाएका छन्।

नेपाल ‘ए’ टिम

विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मायान यादव, सुजन थपलिया।

प्रशिक्षक : ज्ञानेन्द्र मल्ल, कलाम अली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077