Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, ५ ओभर नपुग्दै गुम्यो तीन विकेट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भएका हुन् ।

यसअघि तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका थिए भने कुशल भुर्तेल पहिलो बलमा नै ट्रम्पेलम्यानको बलमा आउट भएका थिए ।

याृ समाचार तयार पार्दासम्म नेपालले ६.४ ओभरमा तीन विकेट गुमाएर १६ रनमा खेलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077