काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
खेलको ९ ओभरको तेस्रो बलमा नामिबियाका ज्याक ब्रेसलको नेपालका कप्तान रोहित पौडेललाई आउट गराएका हुन् ।
पौडेलले १३ बलमा १ रन बनाएर आउट भए। त्यस अगाडि ब्रेसलकै बलमा जेजे स्मिटले ओपनर आशिफ शेखलाई क्याच आउट गराएका थिए। शेखले ११ बलमा १ चौका मात्रै प्रहार गरेर बाहिरिए।
त्यस अगाडि नामिबियाका रुबेन ट्रम्पलम्यानले अनिल साहलाई आउट गराएका थिए। साहले ६ बलमा १ चौकासहित ८ रन बनाएर बाहिरिए।
त्यसैगरी ट्रम्पलम्यान कै पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेल जेजे स्मिटको हातबाट समातिएका थिए। नेपालले १० ओभरको समाप्तिमा २५ रन बनाएर खेलिरहेको छ । टस हारेर बलिङ गरेको नेपालले नामिबियाविरुद्ध खराब प्रदर्शन गरेको हो ।