Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ : नेपालले नामिबियालाई दियो १३३ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रनमै अलआउट भएको हो ।

नामिबियाविरुद्ध नेपालका कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । ८६ बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे ।

गुल्सन झाले २१, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए । यस्तै करण केसीले १६ रन बनाए । यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नामिबियाका लागि गेर्हार्ड इरास्मसले चार विकेट लिए । यस्तै, रुबेन ट्रम्पेल्मेन र ज्याक ब्रासेललले दुई/दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077