विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले वितृष्णाको वातावरणमा खेल्ने कोशिसलाई राजनीतिक दलहरु र सम्पूर्ण नागरिकहरुले सामना गरेर अघि बढ्नका लागि एतावद्ध हुन जरुरी रहेको बताए ।
उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबिच एकता रहेको बताए ।
समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको पनि उनको भनाई छ ।