Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आफ्नो कार्यकक्ष आफैं सफा गर्दा चर्चामा मन्त्री किराँती (भिडियो सहित)

काठमाडौं । बेला बेलामा चर्चामा आइरहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती आज फेरि चर्चामा छन् । आज भने उनी आफ्नो कार्यकक्षमा पोछा लगाएर चर्चामा छन् ।

मन्त्री किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका हुन् । सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ भने उनलाई एक महिलाले सघाइरहेको देखिन्छ ।

बिहानै मन्त्रालय पुगेका मन्त्री किराँतीले टेबलहरु पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको भिडियो यतिबेला भाइरल बनेको छ ।

मन्त्री किराँतीको प्रेस संयोजक राजन राईले उक्त भिडियो आज बिहानको भएको बताउँदै कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको बताए ।

उनले भने–‘मन्त्री ज्यु सधैं बिहान साढे सात बजे नै मन्त्रालय पुग्नुहुन्छ । मन्त्री चाँडै आएपछि कार्यालय सहयोगी लगायतका कर्मचारीहरु पनि आउनुपर्यो । उहाँहरुले कहिलेकाहिँ सफा गर्न भ्याउनुहुन्न । आज त्यस्तै भयो । त्यही भएर मन्त्रीज्यूले आफ्नो च्याम्बर आफैं सफा गर्नुभयो ।’

भोजपुरका हिरन राईले आफ्नो फेसबुकमा ‘सुदन किराँती देख्दा गर्वले आँसु आयो, बिहानै ७ः३० बजे मन्त्रालय फस्ता मैले जे देखें’ लेख्दै मन्त्री किराँतीले कार्यकक्ष सफा गरिरहेको भिडियो पोष्ट गरेका छन् ।

[video width="638" height="360" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2024/02/kiriti.mp4"][/video]

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077